म्यानचेस्टर युनाइटेडका प्रशिक्षक माेउरिन्हाे बर्खास्त



एजेन्सी : इंग्लिस क्लव म्यानचेस्टर युनाईटेडले प्रशिक्षक जोजे माेउरिन्हाेलाई खर्बास्त गरेको छ । क्लवले विज्ञप्ती निकाल्दै मोउरिन्हो क्लवको प्रशिक्षकमा नरहेको जनाएको हो । 

जारी प्रिमियर लिगमा क्लबले खराब प्रदर्शन गरेपछि युनाइटेडले प्रशिक्षक माेउरिन्हाेलाई बर्खास्त गरेको बीबीसीले जनाएको छ ।

प्रिमियर लिगमा निकै खराव प्रदर्शन गरेको उसले आइतबार लिभरपुल विरुद्ध तीन एकको हार ब्यहोरेको थियो । जसका कारण लिगमा टिम १९ अंकका साथ छैटौ स्थानमा रहेको छ ।

क्लव च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेका कारण मोउरिन्होले २२ दशमलव ५ मिलियन पाउण्ड रकम पाउने भएका छन । क्लवले माेउरिन्हाेमाथि ट्रान्सफर विन्डोमा खेलाडी अनुबन्धका लागि टिमसँग राम्रो सल्लाह नगरेको पनि आरोप लगाएको छ । 

युनाईटेडको प्रशिक्षकका लागि रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान र माउरिसीयो पोचिटिनोको नाम चर्चामा छ । 

प्रतिक्रिया दिनुहोस्