ताप्लेजुङमा ट्याङ्किभित्र फेला परेका सालकलाई उद्धार गरि जंगलमा छाडियो



ताप्लेजुङ :  ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित बोझेमा पुरानो पानीको ट्याङ्कि भित्र फेला परेका दुई वटा संकटापन्न बन्यजन्तु सालकलाई उद्धार गरि जंगलमा छाडिएको छ । सोमबार विहान स्थानीयले फेला पारेको सालकलाई डिभिजन बन कार्यालय ताप्लेजुङले उद्धार गरि नजिकैको जंगलमा लगेर छाडेको हो ।

 

स्थानीय कृष्ण प्रसाद बरालले विहान कामको सिलसिलामा ट्याङकि भित्र सालक देखे पछि डिभिजन बन कार्यालयलाई जानकारी गराएका थिए । लगत्तै बन कार्यालयका प्रमुख विष्णुलाल घिमिरे, प्रहरी नायव उपरिक्षक तथा ताप्लेजुङ प्रहरी प्रमुख संजयसिंह थापा, बन कार्यालयका अन्य कर्मचारी लगायतको टोली पुगेर सालकको उद्धार गरेको थियो । ३२ सेन्टीमिटर लम्वाई तथा ५ केजी तौल भएको भाले र २८ सेन्टीमिटर लम्वाई तथा ४ केजी तौल भएको पोथी सालक सालकलाई नजिकैको धुसेनी भन्ने जंगलमा लगेर छाडिएको छ ।

 

एक वर्ष अघि पनि सो क्षेत्रमा स्थानीयले पोखरी भित्र सालक फेला पारेर उद्धार गरि जंगलमा छाडेका थिए । सालक मध्य पहाडी क्षेत्रमा पाईने जंगली जनावर हो । पछिल्लो समयमा चोरी सिकारी लगायतका कारण यो जनावर असुरक्षित हुँदै गएको छ । सालक प्राय नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू–भागमा पाइन्छ । विश्वभर आठ जातिका सालक पाइन्छन् । नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन् ।

प्रतिक्रिया दिनुहोस्