यी महिला जसलाई देख्दा साउदी अरेबियाको कट्टरपन्थी समाजको सातो जान्छ


एजेन्सी : रियादको सपिङ महलबाहिर अक्सर हाइ–हिलका साथमा सुन्तला रंगको टाइट टप र ट्राउजर लगाएर देखिने एक साउदी महिलाका कारण देशका कयौं कट्टरपन्थी थर्कमान हुन थालेका छन् । ती महिलाले लगाएको कपडाको कारण साउदी समाज नै तरङ्गित भएको छ । अझ उनी इस्लामी पहिचान बनेको पोशाक ‘अबाया’ नलगाइकन हिँडिरहेकी हुन्छिन् ।

ती महिलाको नाम हो, मसेल अल जालोद हो । मसेलको पोशाक देखेर साउदीका पुरुष मात्र होइन, युवतीहरु पनि स्तब्ध पर्ने गरेका छन् । ३३ वर्षीय मसेल मानव संशोधन विशेषज्ञ हुन् र उनी कट्टरपन्थी पहिरनकी ठूलो विरोधी हुन् । उनको कट्टरपन्थी पहिरनको विरोधको कारणले एकातर्फ मसेलबाट कट्टरपन्थी चिढिएका छन् भने अर्कोतर्फ उनी साउदी महिलाकी नयाँ पहिचान बनेकी छिन् ।

जुन समय उनी मलबाट बाहिर निस्किन्छिन् सबैको ध्यान उनीतर्फ हुन्छ । एक जना महिलाले त उनलाई रोकेर कतै उनी मोडल त होइन भनेर समेत सोधिन् । महिलाको प्रश्नको जवाफमा मसेलको जवाफ थियो, ‘होइन म एक साधारण साउदी महिला हुँ म आफ्नो इच्छाले बाँच्न चाहन्छु ।’ मसेलले केही महिनाअघि अबायालाई सधैंका लागि परित्याग गरेकी थिइन् ।

साउदी महिलालाई नयाँ परिचय दिने यस अभियानमा उनी एक्ली भने होइनन् । त्यसमध्ये चर्चित अर्की मनहेल अल ओटेवी एक हुन् । उनी विगत चार महिनादेखि साउदी सडकमा ‘अबाया’ नलगाई हिँडिरहेकी छिन् । उनी धेरै रोकतोक नभएको स्वतन्त्र जीवन बाँच्न चाहन्छिन् । अरुको बलजफ्तीमा परेर कुनै पहिरन लगाउन हुँदैन भन्ने उनको विचार छ ।

अबाया सयौं वर्षदेखिको साउदी मुस्लिम महिलाहरुको पहिचान रहँदै आएको छ । साउदी अरबका मुसलमान महिलाहरुलाई सार्वजनिक स्थानमा यसलाई लगाउनु आवश्यक हुन्छ । अबायाको पहिरनलाई लिएर कडा कानूननै छ । मसेलका अनुसार यही नियमका कारण उनलाई जुलाईमा एउटा सपिङ मलमा पस्न बन्देज लगाइएको थियो ।

यस विषयलाई लिएर उनले एक भिडियो ट्वीट गरेकी थिइन् । उनले मलको गेटमा उभिएका गार्डलाई युवराजले महिलालाई सभ्य कपडा पहिरन स्वीकृति छ भनेको भिडियो पनि देखाईन् । सभ्य पहिरन अन्तर्गत अबाया लगाउन अनिवार्य भन्ने उनको विचार छ । जवाफमा शपिङ मलले ट्वीट गर्दै उनलाई प्रवेश दिन नसक्ने बतायो ।

यती मात्र होइन, साउदी राजपरिवारले समेत ट्वीट गर्दै मसेलको निन्दा गरेको थियो । मसेललाई यही कारणले पछि रियादको एक सुपर मार्केटले पनि प्रवेशमा रोकिदिएको थियो । यहाँ त उनलाई प्रहरीले पक्राउ गर्ने धम्की दिएको थियो । महिलाले सम्पूर्ण शरिर ढाक्ने पहिरन लगाउनुपर्ने देशमा मसेलको साहसहलाई देखेर धेरै मानिस स्तब्ध हुने गरेका छन् ।

महिलासम्बन्धमा अनेक सुधार अघि सारेका साउदी युवराजले एक अन्तरवार्ताको क्रममा साउदी महिलाको लागि हाल कायम कठोर ‘ड्रेस कोड’ पनि खुकुलो गर्ने संकेत गरेका थिए । त्यस अन्तर्गत अबायालाई अनिवार्य नगर्ने अनुमान गरिएको छ । डिसी नेपाल बाट ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सत्तारुढ दल नेकपाले रिक्त रहेको सभामुख पदमा कसलाई अघि सार्ने भनेर आन्तरिक गृहकार्य

काठमाडौ : भिभिआईपी यौनकाण्डमा जोडिएकी संसद सचिवालयमा कार्यरत रोशनी शाही अहिले प्रहरीको सम्पर्कमा छैनन् ।

तनहुँ : तनहूँमा नरभक्षी चितुवाले डेढ वर्षको अवधिमा पाँच बालबालिकाको ज्यान लिएको छ । घरेलु

काठमाडौ : सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीचको वार्ता भर्खरै सकिएको छ । पार्टी अध्यक्ष तथा

काटमाडौ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महप्रबन्धकमा नागरिक उड्डयन प्राधिकरणको मुख्यालयमा कार्यरत देवेन्द्र केसी नियुक्त भएका

विराटनगर : विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण

काठमाडौं : काठमाडौंको दरबारमार्गमा भीषण आगलागी भएको छ । भिक्ट्री लाउन्जमा विद्युत सर्ट भएर आगालगी

काठमाडाै‌ं : चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच

रौतहट : सत्तारुढ नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी

रौटहट : रौटहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा नेपाली कांग्रेसका नेता एवं पूर्व

काठमाडौं : सबै जातजाती र भाषाभाषीको विविधतामाझ पर्व, पारिवारिक मिलन, सुखदुःख आदानप्रदान तथा सामाजिक सद्भाव

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सी जिनफिङबीच अब केही बेरमा हुने दुई