आज मेघ गर्जनसहित पानी पर्न सक्ने



काठमाडौ : आज बुधबार देशका केही स्थानमा दिउँसोपख मेघ गर्जनसहित पानी पर्नसक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान महाशाखाले बताएको छ ।

पुर्व, मध्य र पश्चिमका केहि स्थानमा मेघ गर्जनसहित पानी पर्ने महाशाखाले जनाएको हो । दिउँसो पख केही स्थानको मौसम आंशिकदेखि सामान्य बदली भइ हल्कादेखि मध्यम खालको पानी पर्ने भएको छ ।

काठमाडौं उपत्यकामा पनि बुधबार साँझ पख मेघ गर्जनसहित पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ । मनसुनी गतिविधि सकिनुपर्ने समय भएपनि यस बर्ष भने ढिलोसम्म सक्रिय भइरहेको छ ।

जलबायु परिर्वतन, बंगालको जलबाष्पयुक्त हावा, अरव सागरबाट आएको बायु र भारतमा रहेको मनसुन न्युनचापिय रेखा नेपालतर्फ सरेका कारण मनसुनी गतिविधी सकृय भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्