मनिषा कोइरालाको पुस्तक आउँदै



काठमाडौं : बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मवृत्तान्त ‘हिल्ड’ बजारमा आउने भएको छ । 

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर कोइरालाले पुस्तक पुसमा आयोजना हुने लिटिरेचर फेस्टिभलमा विमोचन गरिन लागेको जानकारी दिइन् । 

आत्मवृतान्तमा मनिषाले आफूलाई क्यान्सर रोग लागेपछि क्यान्सर विरुद्धको लडाइबारे विस्तृतमा उल्लेख गरेकी छिन् ।

‘मेरो जीवनको एक पाटो हिल्ड पुस्तकमा समेटिएको छ’ कोइरालाले पत्रकार सम्मेलनमा भनिन्,  ‘क्यान्सर भएर मृत्यु नजिक र त्यसबाट मुक्ति पाउँदाको अनुभव पुस्तकमा समेटिएको छ।’

नेपालका लागि पुस्तक फाइनप्रिन्टले  बजारमा ल्याउन लागेको हो । 

भारतमा यो किताव पेन्गुइन इण्डियाले प्रकाशन गरेको हो ।  किताव मनिषाले लेखक नीलम कुमारसँग संयुक्तरुपमा लेखेकी हुन् ।

नेपाली फिल्म फेरि भेटौलामा अभिनय गरेपछि मुम्बई पुगेकी मनिषाले बलिउडमा सौदागर फिल्मबाट डेब्यू गरेकी थिइन् ।

उनलाई २०१२ मा क्यान्सर देखिएको थियो । पछिल्लो पटक उनले सञ्जय दत्तको बायोपिक फिल्म सञ्जुमा नरगीसको भूमिकामा अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्