रोनाल्डोलाई पछि पार्दै मेसीले जिते पाँचौ पटक गोल्डेन बुट अवार्ड



एजेन्सी : लियोनल मेसीले पाँचौँ पटक गोल्डेन बुट अवार्ड जितेका छन् । गत सिजन सर्वाधिक ३४ गोल गरेका मेसीले युरोपको सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने अवार्ड हात पारेका हुन् । 

उपाधि जितेसँगै मेसीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डोले चार पटक गोल्डेन बुट अवार्ड प्राप्त गरेका छन् । 

मेसीलाई मंगलबार एक कार्यक्रमबीच अवार्ड हस्तान्तरण गरिएको थियो । अवार्डपछि मेसीले आफूले कहिले पनि अवार्डबारे नसोचेको बताए । उनले भने, ‘मैले कहिले पनि यो सब उपलब्धिबारे सोचिनँ। मेरो एक मात्र लक्ष्य र सपना भनेको फुटबलर बन्ने थियो।’ 

मेसीले अवार्ड समारोहमा सफलताका पछाडि ठूलो मिहिनेत रहेको बताए । उनले विश्वको उत्कृष्ट टिमको सदस्य हुन पाउँदा गर्व महसुस भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्