फूलबारी महोत्सव बिहीबारबाट



कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका-१४ मा फूलबारी महोत्सव २०७५ को तयारी पूरा भएको छ । 

स्थानीय कलासंस्कृति, कृषि, पर्यटन र व्यापार प्रवर्द्धन गर्न बिहीबार पुस ५ देखि १४ गतेसम्म महोत्सवको आयोजना गरिन लागिएको हो । फूलबारीमा रहेको न्यु बुद्ध स्पोर्टस युवा क्लबले महोत्सव आयोजना गरेको छ । यो तेस्राे संस्करणको महोत्सव हो । 

व्यवस्थित थारू होमस्टे, तामाङ गाउँको व्यवस्था रहेको महोत्सवमा एक सयभन्दा बढी विभिन्न व्यावसायिक स्टल रहने महोत्सव मूल आयोजक समारोह समितिका संयोजक महेश गोलेले जानकारी दिए ।

 झन्डै ३० लाख खर्च लाग्ने महोत्सवबाट ५० लाखको कारोबार गरिने अनुमान संयोजक गोलेकाे छ ।

प्रतिक्रिया दिनुहोस्