मुस्कानलाई भेटेर राजेश हमालले भने- डाक्टर बन्नुपर्छ



काठमाडौं : एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सोमबार अभिनेता राजेश हमालले भेटेका छन् । एसिड आक्रमणपछि उपचाररत मुस्कानलाई कीर्तिपुर अस्पतालमै पुगेर हमालले भेटेका हुन् ।

मुस्कानको अवस्था देखेर भावविह्वल भएका हमालले अहिलेजस्तो पीडा फेरि भोग्न नपर्ने भनी सान्वना दिँदै छिट्टै घर फर्किन मिल्ने आश्वासन दिए । हमाललाई देखेर मुस्कान निकै नै खुसी देखिएकी थिइन् ।

कुराकानी क्रममा हमालले मुस्कानलाई भविष्यमा के बन्न मन छ भनेर सोध्दा मुस्कानले डाक्टर बन्न मन लागेको बताएकी थिइन् । शुभकामनासहित राजेशले भने-‘ तिमी भविष्यमा राम्रो डाक्टर बन्नु पर्छ ।’

वीरगन्ज महानगरपालिका छपकैया २ की १५ वर्षीया मुस्कानमाथि गत भदौ २० गते हनुमान माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने क्रममा दुई जना युवाले बाटो छेकेर एसिड प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्