‘सरौतो’को ट्रेलरमा सुमीकाे एक्सन (भिडियो)



काठमाडौं: फिल्म ‘सरौतो’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एक्सनसँगै कथासारलाई पनि खुलाइएको छ ।

सुमीले एक्सनमा प्रशस्तै मेहनत गरेको सार्वजनिक ट्रेलरले प्रस्ट्याउछ । साथै दुइ लिड कलाकार सन्नी सिंह र भिलेनको रुपमा देखिएका लियो ट्यांकले पनि ट्रेलर हेरिरहेकाको ध्यान आफ्नो तर्फ खिच्न सफल देखिएका छन् । ट्रेलरमा पुराना कलाकारहरु युवराज लामा , विजय लामा , धिरेन शाक्यको उपस्थिति पनि बलियो देखिएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा खानेपानी मन्त्री विना मगरको समेत उपस्थिति रहेको थियो ।

हरी हुमागाईंले यसै फिल्म मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् । फिल्ममा आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रविन मानन्धरको कलर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन रहेको छ । फिल्म आउँदो कार्तिक २२ गतेबाट प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्