केकीले ढाँटे पनि लुकेन प्रेम



काठमाडौं: प्रेम र पिम्पल जति लुकायो, त्यति देखिइहाल्छ रे ! नायिका केकी अधिकारीको हकमा पनि यस्तै देखियो। उनले जति लुकाउन खोजे पनि देखिएको पिम्पल हैन, प्रेम हो ।

 

व्यक्तिगत जीवनलाई प्रायः लुकाएरै राख्न सिपालु केकी गायक आर्जन पाण्डेको प्रेममा रहेको खुलेको छ ।

 

आर्जनसँगको उनको प्रेम उनकै आमासामु प्रकट भयो, उनको जन्मदिनमा। सोमबार केकीले आफूनिकट केहीलाई जम्मा पारेर बर्थ डे मनाएकी थिइन्, जहाँ उनकी आमासँगै आर्जन र उनको पारिवारिक सदस्य पनि थिए ।

 

पार्टी त बर्थ डेको थियो, तर आर्जन र केकीको उत्साह हेर्दा इन्गेजमेन्ट पार्टीभन्दा कम थिएन।यो खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्