सर्पदंशका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा



कञ्चनपुर : कञ्चापुरको बेलडाँडी गाउँपालिकाले सर्पदंशका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

गाउँकार्यपालिकाको बुधबार बसेको बैठकले गाउँपालिकाभित्रका सर्पदंशका बिरामीलाई उपचार केन्द्रसम्म पु¥याउनका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो ।

गाँउपालिका अध्यक्ष धनबहादुर थापाक्षेत्रीका अनुसार सर्पदंशका बिरामीले समयमै उपचार नपाउँदा ज्याउन गुमाउनु पर्ने समस्या अन्त्यका लागि निःशुल्करूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको हो । यो निर्णयले सर्पदंशका बिरामीको ज्याउन जोगाउन मद्दत पुग्नेछ ।

हालसम्म गाउँपालिकामा सर्पदंश उपचार केन्द्र नहँुदा बिरामीलाई टाढाको अर्जुनी, धनगढीलगायतका क्षेत्रमा उपचारका लागि पुग्नुपर्ने बाध्यता रहेको छ । स्रोत व्यवस्थापनको अभावमा गाउँपालिकाले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न सकेको छैन ।

गाउँपालिकाको केही भाग सीमसार र वनजङ्गलले ढाकिएको हुँदा प्रतिवर्ष यस क्षेत्रमा सर्पदंशका बिरामीको संख्या थपिदै जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्