शाहरुख र आमिरलाई पछि पार्दै दीपिका पहिलो नम्बरमा पर्न सफल



एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोन शाहरुख र अमिर खानलाई पछाडि पार्दै स्टार कलाकारको सूचीमा पहिलो नम्बरमा परेकी छन्। 

 

भारतीय फिल्म वेवसाइट आइएमडिबीका अनुसार २०१८ मा एक मात्र सिनेमा प्रदर्शनमा आए पनि दीपिकाले शाहरुखलाई पछाडि धकेल्न सफल भएकी हुन्। शाहरुखसँगै ‘ ओम शान्ति ओम’बाट बलिउड डेब्यु गरेकी पादुकोनले भारतीय शीर्ष १० स्टार कलाकारको सूचीमा आफूलाई पहिलो नम्बरमा उभ्याएकी छन्।

 

एक रिपोर्ट अनुसार मंगलबार भारतीय सिनेमा शीर्ष १० स्टार कलाकारको सूची प्रकाशित गरिएको छ। यो सूची अनलाईन आइएमडिबीको सर्वेक्षण रिपोर्टमा आधारित रहेको छ। यो मासिक २५ करोड भिजिर्टस रहेको अनलाइृन सर्वेक्षण हो।

 

यस लिस्टमा शाहरुख दोस्रो र आमीर खान तेस्रो स्थानमा रहेका छन्। जसपछि क्रमशः ऐश्वर्या राय, सलमान खान, कैटरिना कैफ, कुब्रा सैत, इरफान खान, राधिका आप्टे र अक्षय कुमारको नाम समावेश छ।

 

आईएमडिबीका अन्तराष्ट्रिय विभाग प्रमुख नेहा गुरेजाले भनिन्, ‘यस वर्षको फिल्म पद्मावतमा दीपिका पादुकोनले गरेको प्रस्तुतिका कारण उनी भारतीय सिनेमाको स्टारको सूचीमा पहिलो नम्बरमा छन्।’

त्यस्तै राधिका आप्टेले पनि यसवर्ष दर्शकमा छाप छोडन सफल भएका कारण उनी पनि यो सूचीमा समावेश छन् भने सूचीको अन्तिम स्थानमा अक्षयकुमार रहेका छन्। दीपिका यसै वर्ष अभिनेता रणवीर सिंहसँग विवाह गरेर थप चर्चामा समेत आएकी छन्।

प्रतिक्रिया दिनुहोस्