आगो ताप्ने क्रममा जलेर एक घाइते



जनकपुरधाम : जनकपुरमा आगो ताप्ने क्रममा एक महिला जलेर घाइते भएकी छिन् । धनुषाको औरही गाउपालिका–८ घर भई हाल जनकपुर कदमचोकमा बस्दै आएकी ज्योति देवी आगो ताप्ने क्रममा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले बताए । 

 

बुधबार मध्यराति आगो ताप्ने क्रममा शरीरमा आगो लगोर गम्भीर घाइते भएकी महिलाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको छातीमुनिको भाग जलेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । 

पछिल्लो ३ दिनयता मध्यतराईमा जाडो बढेको छ । शीतलहर सुरु भएपछि मध्यतराईको जनजीवन प्रभावित बनेको छ । बाक्लो हुस्सु लागेकाले सडकमा चहलपहल पनि घटेको छ ।

प्रतिक्रिया दिनुहोस्