राजपाको स्वास्थ्य शिविर वीरगन्जमा सम्पन्न



वीरगन्ज : राष्ट्रिय जनता पार्टी नेपाल महानगर कार्यसमिति वीरगन्ज र साहिब दरबार सेवा संस्थानले वीरगन्जमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेंडामा शनिबार आयोजित शिविरमा २१७ जनाले निशुल्क आँखा परिक्षण गराएका थिए । जसमा ८२ जनाको आँखामा मोतियाबिन्दुको समस्या भेटिएको शिविरिमा संलग्न चिकित्सकले जनाएको छ ।

अन्य समान्य आँखा समस्या देखिएका विरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको राजपाका महासचिव राजेशमान सिंहले बताए ।

मोतियाबिन्दुको समस्या देखिएका विरामीहरुलाई आईतबार माट्रीका आई फाउन्डेशसनमा निशुल्क अप्रेसन गरिने फाउन्डेशनका कोरडिनेटर महेश सिंह धामीले बताए ।

राजपा महानगर कमिटि अध्यक्ष लियाकल अलिको संयोजकमा सम्पन्न शिविरको प्रमुख अतिथि साहिब दरबार सेवा संस्थानका संस्थापक देवेन्द्र सिंह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्