निजामति कर्मचारी कटौती गर्दै सरकार



काठमाडौ : मुलुक संघीयतामा गएसँगै गुणस्तरहीन निजामित कर्मचारीको भार घटाउन कर्मचारीको कटौती गर्ने गृहकार्यमा जुटेको छ । विश्व परिवेश र अभ्यासभन्दा नेपालमा कर्मचारीको संख्या धेरै भएको भनदै कटौती गर्ने तयारीमा सरकार लागेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको अध्ययनबाट पनि विश्वको अनुपातमा नेपालमा निजामिति कर्मचारीको संख्या धेरै रहेको पाईएको छ । कर्मचारी संख्या संख्या आवश्यक साईजमा ल्याउन सरकारले गृकार्य भईरहेको पुष्टि संघीय मामिला ताथ सामान्य प्रशासन मन्त्री लालवाबु पण्डितले गरेका छन् ।

मन्त्री पण्डितले कर्मचारी संख्या धेरै भएको र लगानी अनुसार प्रतिफल नदिएका कारण कर्मचारीका संख्या घटाउनुको विकल्प नरहेको बताएका छन् ।

मन्त्रालयले कर्मचारी संख्या घटाएर उनीहरुको सेवासुविधा वृद्धि गरी प्रशासनिक चुस्तता र सुशासन कायम गर्न सकिने उदेश्यका साथ यो अभियानमा जुटेको बताईन्छ । कतिपय विज्ञहरुले नेपालमा कर्मचारीको सेवासुविधा र तलव कम भएकोले भ्रष्टाचारले बढावा पाएको बताउँदै आएका छन् ।

कर्मचारीको संख्या घटाएर आवश्यकता अनुसारको साईजमा ल्याए विद्यमान खर्चले चारगुणासम्म तलव बढाउन पुग्ने समेत मन्त्री पण्डितको दाबी छ । एकातिर कर्मचारीको पुरातनवादी सोच,संस्कार र ठग्ने प्रवृत्तिले प्रभावकारी सेवा पाउन नसकिरहेको बेला सरकारले भित्रभित्रै गरेको यो गृहकार्यले कसरी साकार रुप लिनसक्छ त्यो त भविष्यले बताउला ।

प्रतिक्रिया दिनुहोस्