सीले सम्झिए नेपाल भ्रमण


बेइजिङ : चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो नेपाल भ्रमणको पुनः स्मरण गरेका छन् । चीनको हुपै प्रान्तस्थित वुहानमा शुक्रबारदेखि सुरु भएको विश्व सैन्य खेलकुद प्रतियोगिताको उद्घाटनमा नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट्दै उनले आफ्नो हालसालैको नेपाल भ्रमणप्रति चर्चा गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गरेपछि सीले त्यहाँ उपस्थिति विभिन्न देशका मन्त्री तथा उच्च पदाधिकारीहरुसँग छोटो कुराकानी गर्दै हात मिलाएका थिए ।

त्यस क्रममा राष्ट्रपति सीले कुराकानी भएको मन्त्री पोखरेलले सुनाए । सीको भनाई उद्धृत गर्दै पोखरेलले भने, ‘हामीले नेपाल भ्रमणको बेलामा धेरै विषयमा लामो कुराहरू गरेका थियौं ।’

सीले असोज २५ र २६ गते नेपालको दुई दिने राजकीय भ्रमण गरेका थिए। प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिएपछि मन्त्री पोखरेल बेइजिङ उत्रिएका थिए । उनले आइतबार चिनियाँ रक्षामन्त्री वेई फेन्ग्हेसँग भेटवार्ता गरेको र सम्झौतामा हस्ताक्षर गरिएको जानकारी दिए ।

उनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरू कार्यान्वयनको चरण सुरु भएको प्रतीकका रूपमा यस सम्झौतालाई लिए। उनले भने, ‘सम्भवतः सीको नेपाल भ्रमणको सम्झौता कार्यान्वयनको यो नै पहिलो कार्यक्रम हो ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुर : कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक र वरिष्ठ सहायकलाई स्रोत

काठमाडौं : नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नोपली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले

काठमाडौं : लोकसेवा आयोगले विभिन्न तहका लागि अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । आयायोगले

मुम्बई : भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउनका लागि राज्यपाल भगतसिंह कोश्यारीले दिल्लीलाई सिफारिस गरेका

यादवराज खनाल, पूर्व एसएसपीकाठमाडौं : धेरैपछि हिजो प्रहरी प्रधान कर्यालय भित्र छिरे, प्रहरी महानिरीक्षक सर्वेन्द्र

काठमाडौं : संघीय संरचनाअनुसार भर्खरै निर्मित प्रदेश सरकारका मन्त्रीहरु छोटो समयमै निकै चर्चामा आइरहेका छन्

काठमाडौं : नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी

काठमाडौं : हत्याको अभियोगमा १७ वर्ष अघिदेखि फरार रहेका दुईजना अभियुक्तलाई साँखु प्रहरीले पक्राउ गरेको

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले भारतले हालै सार्वजनिक

काठमाडौं : नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषयमा नेपालमा चर्को विरोध

काठमाडौं : नेपाली सेनाका एक प्राविधिक सेनानी समयमा कार्यालयमा हाजिर नहुँदा कारबाहीमा परेका छन् ।

काभ्रे : बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका