चौथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ सान फ्रान्सिस्कोमा हुँदै



काठमाडौं : ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ हुने भएको छ । अवार्ड कार्यक्रम अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा यही नोवेम्बेर ३० देखि डिसेम्बर १ तारिक सम्म हुने भएको हो ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, गोल्डेन स्टेट मुभी मेकरका अध्यक्ष यज्ञलाल श्रेष्ठ, बरिष्ट अभिनेता निर शाह, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ट अभिनेत्री शर्मिला मल्ल, ग्लोबल फिल्म अवार्डका नेपाल संयोजक मदु कुमार श्रेष्ठ, सास्कृतिक संघका सभापति तिर्थ थापा, ग्लोबल नेपाली फिल्म अवार्डका सल्लाहकार तथा अभिनेता शिब श्रेष्ठ, भुवन केसी, धिरेन शाक्य, बिशाल बिष्ट, निर्देशक नारायण पुरी, पत्रकार बिजय रत्न, नेपाल फिल्म सोसाइटीका नारायण प्रधान, सुनिल कटुवाल, राजेश बिसुराल, सानु ताम्राकार, सुभाष थापा, शंकरलाल श्रेष्ठ, राजु शाही तथा राजेश महर्जन लगायत संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो कार्यक्रमको मुख्य आयोजकमा Global Nepali film Award LLC , USA, Nepal Film Society, Nepal र Golden State Movie Maker LLC, USA रहेका छन् त्यस्तै सहआयोजकहरुमा भने 8848 Media House LLC र Himalayan Foundation Corp रहेका छन् ।

बिगत तिन संस्करण सम्मGlobal Nepali film Award LLC , USA र Nepal Film Society, Nepal मात्र आयोजकभै यो अवार्ड गरिदै आएको थियो भने यस बर्ष देखि Golden State Movie Maker LLC, USA ले पनि आयोजक बन्दै सहकार्य अगाडी बढाएको छ ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक संस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । विगत तिन वर्षमा तेस्रो संस्करण संयुक्त राज्य अमेरिकामा सफलता पूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रबर्धन, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रबर्धन, सिनेमा टुरिजम बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन तथा भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्रियाउने अवार्डका उद्देश्य रहेको नेपाल फिल्म सोसाईटीका अध्यक्ष मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्