नेपाल र बङ्गलादेशको खेल आज



काठमाडौँ: भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन् । 

 

दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछन् । पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै बङ्गालदेशले पाकिस्तानमाथि १७–० ले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । 

 

गोल अन्तरका आधारमा बङ्गलादेश अगाडि रहेकाले आजको खेलमा विजयी हुने टोली समूह विजेताका रुपमा सेमिफाइलन प्रवेश गर्नेछ । नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समयानुसार साँझ ६:४५ मा हुनेछ । यसअघि असोज १२ गते भएको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध १२–० को जित हासिल गरेको थियो । उक्त खेलमा नेपाली स्ट्राइकर रेखा पौडेल एक्लैले सात गोल गरेकी थिइन् । 

 

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा राना मगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन् । हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकाश वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु

काठमाडौं : कोरोना विरुद्धको खोपलाई व्यवस्थापन गर्नका लागि सबै प्रदेशमा संयोजक तोकिएको छ । स्वास्थ्य

काठमाडौं : नागरिक समाजले सोमबार (माघ १२ गते) प्रधानमन्त्री निवास बालुवाटारमै प्रदर्शन गर्ने भएको छ

काठमाडौं : मकवानपुरमा अज्ञात समूहले बोलेरो जलाएका छन् । काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा

काठमाडौं : पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाबाट

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले विगतमा सरकारलाई गरिएका सिफारिसहरू तथा विश्वव्यापी आवधिक समीक्षाको क्रममा

सल्यान : सल्यानमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सल्यान जिल्ला

काठमाडौं । भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको लाडाइँमा नेपाललाई सहयोग गर्न भारत सधैँ प्रतिवद्ध

काठमाडौं : प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं : पछिल्लो २४ घण्टामा ३३६ कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको