मिनाप टोली अयोध्या प्रस्थान



जनकपुरधाम : मिथिला नाट्यकला परिषद् (मिनाप) का रंगकर्मीको टोली आज (मंगलबार) अयोध्या प्रस्थान गरेको छ ।

भारतको उत्तरप्रदेश सरकारले दीपावलीको पूर्वसन्ध्यामा आयोजना गर्न लागेको दीपमहोत्सव एवं अन्तर्राष्ट्रिय रामायण महोत्सवमा सहभागी हुन टोली अयोध्या प्रस्थान गरेको हो ।

महोत्सव अक्टुबर २४ तारिखदेखि २६ तारिखसम्म अयोध्यामा आयोजना हुने बताइएको छ ।

महोत्सवमा नेपाल लगायत भारत, श्रीलंका, माल्दिभ्स, रुस, चीनसहितका ११ वटा देशका कलाकारको सहभागिता हुने मिनापका अध्यक्ष प्रमेश झाले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्