आरोपीद्वारा हत्या स्वीकार



धनुषा । धनुषाको हँसपुर नगरपालिका–८ की २८ वर्षीया सञ्जुदेवी मण्डलको हत्यामा संलग्न भएको आरोपमा धनुषा जिल्ला प्रहरी कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । 

 

प्रहरीले मण्डलकी देवरानी २४ वर्षीया विकाकुमारी मण्डल र सोही ठाउँ बस्ने २७ बर्से लालबाबु मण्डललाई पक्राउ गरेको हो ।

 

असोज ३ गते अञ्जु आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । 

 

सुरुमा सञ्जुको मृत्युको कारण नखुले पनि पोस्टमार्टमको रिपोर्टमा उनको घाँटी थिची हत्या गरिएको खुल्न आएको छ । 

 

पोस्टमार्टमको रिपोर्टपछि अनुसन्धान सुरु गरेको प्रहरीले मृतककी देवरानी बिका र स्थानीय लालबाबुले घाँटी थिची हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेकाहरुले हत्याको जिम्मा लिएका प्रहरीले जनाएको छ ।

 

वारदातमा प्रयोग गरिएको सामग्रीसमेत फेला परेको धनुषा प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् । हत्याबोरे थप अनुसन्धान भइरहको भइहरेको डीएसपी शाहीले दनेपालटपलाई जानकारी गराए । 

 

पछिल्लो समय देशैभरि हत्या र बलात्कार बढ्दै जान थालेपछि यहाँका स्थानीयमा समेत त्रास फैलिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्