हलवाई समाज सेवा समितिमा नयाँ कार्यसमिति गठन



जनकपुर : विगत २७ वर्षदेखी स्वजातीलाई सेवा दिँदै आएको हलवाई समाज सेवा समिति जनकपुरधामको नयाँ कार्यसमिति गठन भएको छ ।

वि.सं.२०४९ सालमा स्थापना भएका समितिको नयाँ कार्यसमितिका युवा मञ्चमा बलराम प्रसाद गुप्ता सर्वसहमत भएका छन् ।

मंगलबार समितिका अध्यक्ष उमेश साहको अध्यक्षतामा आयोजित कार्यक्रममा युवा मञ्चको नयाँ कार्यसमिति गठन गरिएको हो ।

बलराम प्रसाद गुप्ताको नेतृत्वमा चयन गरिएको मञ्चको कार्यसमितिको उपाध्यक्षमा विनय साह, सचिवमा तरुण कुमार साह, सहसचिवमा मनिष कुमार साह र आशिष कुमार गुप्ता तथा कार्यकारिणी सदस्यहरुमा राहुल कुमार गुप्ता, किशन कुमार साह, अर्जुन राज साह, उत्सव कुमार गुप्ता, आशिष कुमार साह, पुजा कुमारी साह, रजनी कुमारी गुप्ता र नितिश कुमार गुप्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्