तिहारमा फूलले ढकमक्क नागार्जुन (फोटोफिचर)



काठमाडौं : फूलैफूलको पर्व तिहार आउन तीन दिन मात्र बाँकी छ । दशैं सकिएपछि घर–घरमा ढकमक्क फूलेको सयपत्री र मखमलीले तिहारको निम्तो दिन थालिसकेको छ ।

तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु–भाइ पूजा गर्न, सयपत्री–मखमली फूल नै प्रिय मानिन्छन् । तिहारको पहिलो दिन काग तिहारमा कागलाई खाना खुवाउन, भोलिपल्ट कुकुर पूजा गर्न र पर्सिपल्ट गाई हुँदै गोवद्र्धन पूजा हुँदै भाइटीकामा सयपत्री र मखमली प्रयोग हुन्छ ।
लक्ष्मीपूजामा अघिल्लै दिनदेखि घर, सिकुवा, आँगन, बारदलीलगायत सबैतिर फूलले सिँगारेर चिटिक्क बनाइन्छ ।

गाउँघर डाँडापाखा भित्ताहरु र घर आँगन यतिखेर फुलमय बनेको छ । तिहारसँग साइनो गाँस्न आउने फुलहरुले दिदीभाई तथा चेलीमाइतीको सम्बन्धमा पनि थप मधुरता थप्ने गर्छ ।

सयपत्री र मखमलीको मगमगीले यतिखेर गाउँघर र शहरका वातावरण उल्लासमय बनिरहेको छ ।

फुलमा परनिर्भरताबाट आत्मनिर्भरता तर्फ उन्मुख नेपालमा पनि व्यवसायिकरुपमा फूलको खेती हुन थालेको छ । त्यही सम्बन्ध गाँस्दै राजधानीकै नागार्जुन नगरपालिका सयपत्री र मखमली फुलहरुले ढकमक्क बनेको छ ।

तिहार तथा अन्य प्रयोजनका लागि यहाँका किसानहरुले फूलखेतीलाई व्यवसायीक रुपमै अघि बढाएका छन् । जुन फूलखेती नै किसानहरुको राम्रो आम्दानीको स्रोत पनि बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्