जलेश्वर कारागारमा एकको मृत्यु



जलेश्वर : लागूऔषधसम्बन्धी मुद्दामा महोत्तरीस्थित जलेश्वर कारागारमा सजाय भुक्तान गरिरहेका एक कैदीको बिहीबार राति मृत्यु भएको छ । धनुषाको धनौजी गाउँपालिका–४ का रामनाथ मण्डलको मृत्यु भएको हो । गत २०७४ भदौ ५ मा जिल्ला अदालत धनुषाले महतोलाई एक वर्ष आठ महिनाको जेल सजाय तोकेको थियो ।

 

धनुषामा कारागार नभएपछि उनलाई जलेश्वर कारागार चलान गरिएको थियो । मण्डल कारागारमा आउनुअघिदेखि नै नसासम्बन्धी रोगले पीडित रहेको जलेश्वर कारागारका जेलर शुभेन्द्र ठाकुरले बताए । जेलभित्र केकति कारणले मण्डलको मृत्यु भएको हो भन्ने कुरा पोस्मार्टमपछि थाहा हुने समेत ठाकुरले जनाए ।

प्रतिक्रिया दिनुहोस्