फुल कारोबारमा फड्को



काठमाडौं : पुष्प संस्कृतिको वृद्धिसँगै बर्सेनि फुल तथा फुलजन्य कारोबारले फड्को मार्न थालेको छ । जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने फुलजन्य उत्पादनको वार्षिक कारोबार अढाइ करोड नजिक पुगेको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार गत आर्थिक वर्षमा २ अर्व ४२ करोड बराबरको पुष्प जन्य उत्पादनको कारोबार भएको छ । “वैवाहिक कार्यक्रममा महंगा र अन्य भौतिक उपहारको ठाउँमा पुष्प गुच्छाले स्थान लिन थालेको छ,” फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठ भन्छन्, “जन्मदेखि मृत्यु संस्कारसम्म फुलको खपत हुने भएको र उपभोक्ताले सजावटका लागि पनि गमलामा फुल राख्ने प्रचलन बढेकाले बर्सेनि कारोबारसमेत बढ्दो छ ।” पश्चिमा समाजमा उपहारमा फुललाई शताब्दीऔंदेखि प्राथमिकता दिए पनि नेपाली समाजमा पनि यसको प्रयोग बढेकोमा आफूहरू खुसी भएको उनले बताए ।

नेपालमा पुष्प प्रवद्र्धनमा फ्यानले नै अग्रणी भूमिका खेल्दै आएको छ । फ्यानका अनुसार फुलको माग बर्सेनि १०–१५ प्रतिशत र राष्ट्रिय उत्पादन ७ देखि ८ प्रतिशतले बढिरहेको छ । माग बढ्दै जाँदा त्यसको आपूर्ति गर्न स्वदेशमै उत्पादन बढाउन फ्यानले पाँच वर्षे योजना नै बनाएर लागू गरेको छ । “तिहारमा सयपत्री, प्रेम दिवसमा गुलाब र सिजनअनुसार फुलको माग बढिरहेको छ भने अर्कोतिर वर्षभरी नै फुलको माग भइ नै रहन्छ,” फ्यानका महासचिव विश्वमणि पोखेरल भन्छन्, “माग र उत्पादन बढेसँगै पुष्प क्षेत्रको कारोबार पनि बर्सेनि बढिरहेको छ, हामी आगामी दुई वर्षभित्र आत्मनिर्भर हुने गरि योजना बनाएर अगाडि बढिरहेका छौं ।” करिब २० प्रतिशत फुल अझै अपुग रहेको अनुमान छ ।

करिव दुई दशकअघि करिव १ करोड रकम बराबरको कारोबार हुने पुष्प क्षेत्रको वार्षिक कारोबार गत वर्षसम्म अढाइ अर्वको नजिक पुगको हो । र यो बढ्दो क्रममा छ तथ्यांकअनुसार आव ०७४/७५ २ अर्व १४ करोडेको पुष्पजन्य काराबोर भएको थियो भने त्यसको अघिल्लो वर्ष १ अर्व ५९ करोड रकम बराबरको कारोबार भएको देखिन्छ । ०७२/७३ मा १ अर्व ३४ करोडको कारोबार भएको तथ्यांक छ ।कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्