आजको राशिफल : कार्तिक १० गते, आइतबार



काठमाडौंमा सूर्योदय ०६ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २२ मिनेट । दिनमान २७ घडी ५७ पला । यमपञ्चक (तिहार), प्रातस् तैलस्नान। नरकचतुर्दशी, कुकुर तिहार। दर्शश्राद्ध। लक्ष्मी पूजा। दीपावली दीपमालिका। सुखरात्रि। निशि बार्ने औंसी।

आज – १० कार्तिक २०७६ आइतवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगती हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भौतिक साधन जुटाउने समय छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शत्रु पराजित हुनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेममा सफलता प्राप्त हुनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्छ । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोपपनि लाग्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्