नेकपा बैठकमा आज माधव नेपाल र झलनाथ खनाल बोल्ने



काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा शुक्रबार बोल्ने अधिकांश नेताले सरकारको बचाउ गरेका छन्। रक्षामन्त्री ईश्वर पोखरेल, श्रममन्त्री गोकर्ण बिष्ट, महासचिव विष्णु पौडेलसमेत सुवास नेम्बाङ र छविलाल विश्वकर्माले सरकारका कामकारबाहीको बचाउ गरेका हुन् ।

 

बैठकमा मणि थापा, अमिक शेरचन र नारायणकाजी श्रेष्ठले भने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन अपूरो भएको टिप्पणी गरे। उनीहरुले प्रतिवेदन पुनर्लेखन गर्न सुझाव दिएका थिए। उनीहरुले सरकारले गरेका राम्रा कामको बुँदागत जानकारी बैठकमा दिन माग गरे ।

 

गत शनिबार सुरु बैठकमा अध्यक्षका तर्फबाट पेस भएको राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतमको फरक मतमा छलफल चलिरहेको छ । स्थायी समितिका ४५ सदस्यमध्ये ४१ जनाले आफ्नो विचार राखिसकेका छन् । बाँकीमध्ये नेता माधव नेपाल र झलनाथ खनालले शनिबार बोल्ने तय भएको छ भने अध्यक्षद्वय ओली र दाहालले आइतबार आफ्ना धारणा राख्नेछन् ।

 

बैठकमा बोल्ने अधिकांश स्थायी समिति सदस्यले सरकार र नेतृत्वको आलोचना गर्दै आएका छन् । बैठक शनिबार बिहान ८ बजे बस्ने तय भएको नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्