आजको राशिफल : कार्तिक ११ गते, सोमबार



काठमाडौंमा सूर्योदय ०६ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २१ मिनेट । दिनमान २७ घडी ५४ पला । यम९पञ्चक (तिहार), सोमवती अमावास्या (सोमवारे औंसी)। स्नान–दान गर्ने, हलो बार्ने औंसी। गाई,गोरु तथा हली तिहार, बलि पूजा, म्हपूजा।
आज – ११ कार्तिक २०७६ सोमवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिश्वास गरेकाले साथ दिनेछन् । मनोरञ्जनमा सहभागीता भइएला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म कर्ममा रुचि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भौतिक साधन जुटाउने समय छ । परिवारमा सुख सन्तोष छाउनेछ । आफ्नो कार्यमा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । बाहन सुख मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गलत निर्णय लिनपुगिएला । नाक तथा घाँटीमा समस्या आउला । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझमा पैशा खर्च हुने योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सहकर्मीबाट विरोध आउला । घर व्यवहारको समस्याले सताउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेमीको सहयोग प्राप्त हुनेछ । मान सम्मान पइनाले मन प्रशन्न रहला । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धर्म कर्ममा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । धेरै कामहरूबाट एउटै लाभ मिल्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्