प्रतिष्ठाकाे लडाइँमा यूएर्इले हरायाे नेपाललार्इ



काठमाडाैं : बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपको समूह चरणको अन्तिम खेलमा बाहिरिसकेकाे नेपाललार्इ बाहिरिसकेकाे युएईले  ७८ रनले पराजित गरेकाे छ । २ सय ६९ रनको लक्ष्य पछ्याएकाे नेपालले टस हारेपछि फिल्डिङकाे निम्ताे पाएकाे थियाे । सुरुमा ब्याटिङ थालेकाे यूएर्इले निर्धारित ५० ओभरमा ८ विकेटकाे क्षतिमा २ सय ६८ रन बनाएकाे थयाे । यूएर्इका लागि ओपनर फहद नवाज र अनिसले उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।

कीबेएसपी फोर मैदानमा यूएर्इका लागि अनिस र नवाजले पहिलो विकेटका लागि १ सय ६७ बलमा १ सय ५९ रनको उत्कृष्ट शतकिए साझेदारी गर्दै यूएईलाई ठूलाे योगफलतर्फ डोर्याएका थिए । यी दुईको साझेदारी २७ ओभर ३ बलसम्म रहेकाे थियाे । नन्दन यादवले २७ ओभर ३ बलमा रोहित कुमार पौडेलको हातबाट क्याच गराउँदैँ अनिसलाई ६७ रनमा पेभिलिएन फर्काइदिए । 

अनिसले ८१ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए । यादवलेनै दोस्रो विकेटका रुपमा ९५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ८३ रन बनाई खेलिरहेका नवाजलाई आउट गरे । त्यसलगत्तै अर्को ओभरमा पवन सर्राफको बलमा सन्दीप जोराले क्याच लिदैँ मुहमम्द अलीलाई १६ रनमा आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो ।

 

त्यसपछि यूएईको नियमित विकेट पतन जारी रह्यो । कुनै समय ३२ ओभरमा १८०–३ को अवस्थामा रहेको यूएई आक्रमक ब्याटिङ गर्न खोज्दा ४७ ओभरमा २४७– ८ को स्थितिमा पुग्यो । नवौँ विकेटका लागि मुहमम्द र कात्तिक पलानीएप्पन एमले २० बलमा २१ रनको साझेदारी गर्दै यूएईलाई २ सय ६८ रन सम्म पुर्याएका थिए ।

 

यूएईका अन्य ब्याटम्यान ब्रान्डन एडम १८, सिड हैदर १२, मुहमम्द ए १८ र कात्तिक ११ रनमा नट आउट रहे । नेपालका लागि नन्दन यादव,पवन सर्राफ र रसिद खानले समान दुई विकेट लिदाँ सूर्य तामाङ र सागर ढकालले पनि एक एक विकेट लिए ।

 

सान्त्वना खेल खेलेका दुवै टाेली यसअघि नै प्रतियाेगिताबाट बाहिरिसकेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्