पारसको उत्तराधिकारी ज्ञानेन्द्र



काठमाडौं : राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । मल्ललाई नेपाल क्रिकेट संघ (क्यान)ले टिम क्याप्टेनको जिम्मेवारी दिने निर्णय गरेको हो ।

पूर्व कप्तान पारस खड्काले दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको हो ।

क्यानको नयाँ नेतृत्व निर्वाचित हुनासाथ र आईसीसीले नेपाल क्रिकेट संघमाथिको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । पारसले आफ्नो उत्तराधिकारीको रुपमा मल्ललाई नै अघि सारेका थिए ।

पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस्