लगातारको दुई बराबरीले थ्रीस्टारको उपाधि यात्रा कठिन



काठमाडौं : उपाधिको दाबेदार मानिएको थ्रीस्टार क्लब सहिद स्मारक ए डिभिजन लिगमा बराबरीमा रोकिएको छ ।

 

लगातार दुई खेलमा बराबरी भएपछि उसको उपाधि यात्रा कठिन बनेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा च्यासल युथ क्लबले गोल गर्न दिएन । पहिलो हाफ बराबरीमा राखेको च्याससले दोस्रो हाफमा पनि गोल गर्न दिएन र खाएन पनि ।

 

दुवै टिम फिनिसिङमा चुकेका थिए । अघिल्लो खेलमा थ्रीस्टार त्रिभुवन आर्मीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । बराबरीसँगै तेस्रो स्थानमा सीमित थ्रीस्टारको १० खेलबाट २३ अंक भएको छ ।

 

शीर्ष स्थानको मनाङ मस्र्याङ्दी ९ खेलबाट २७ अंक बटुल्दै शतप्रतिशत जित निकाल्न सफल भएको छ । दोस्रो स्थानको संकटाले भने ९ खेलबाट २४ अंक जोडको छ । 

प्रतिक्रिया दिनुहोस्