रौतहटको गौरमा गोली चल्यो, एक भारतीय नागरिक घाइते



रौतहट : जिल्लाको सदरमुकाम गौरमा बुधबार साँझ अज्ञात समूहले प्रहार गरेको गोली लागी एक भारतीय नागरिक घाइते भएका छन् । उनको अवस्था जटिल छ । गोली प्रहार गर्नेको पहिचान हुन सकेको छैन ।

प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको जनाएको छ । गौर ३ स्थित विद्युत् प्राधिकरण अगाडि भारतको बिहार राज्य घर भएका ४५ वर्षीय विजय साहमाथि हतियारधारीले गोली प्रहार गरेको जिल्ला प्रहरीले जनायो । उनको पेटमा गोली लागेको छ । साह समान्य बोल्न सक्छन् । रिसईबि साध्न भारतीयले नै आफूमाथि गोली प्रहार गरेको साहले बताएका छन् ।

जिल्ला अस्पताल गौरले साहलाई थप उपचारका लागि वीरगञ्ज रेफर गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका डिएसपी नविन कार्कीले बताए । घटनापछि प्रहरीले सीमा क्षेत्रमा कडाई गरेको छ । (कान्तिपुरबाट)

प्रतिक्रिया दिनुहोस्