भविष्यको सपना बोकेर दाङ आएका बझाङका महेश, लाश बनेर फर्किए



काठमाडौं : दाङमा भएको दर्दानक दुर्घटनामा कलिला २३ मुनाहरु निमोठिए । जसमध्ये एक थिए बझाङ जयपृथ्वी नगरपालिका ५ डिल बगरका महेश जोशी । 

 

गरिब परिवारमा जन्मिएका १७ वर्षे किशोर हुन् महेश जोशी । यस वर्षको एसईई परिक्षा दिएर महेश सुरुमा प्राविधिक शिक्षा पढ्न बझाङबाट धनगढी झरे । 

 

धनगढीमा नाम निकाल्न नसकेपछि महेशले दाङ उपत्यकास्थित सहिद कृष्ण सेन इच्छुक प्राविधिक शिक्षालयमा यसै वर्ष प्राविधिक शिक्षा अध्ययन गर्न सुरु गरे । 

 

हरेक मानिस सपना बोक्न त बोक्दो रहेछ तर गन्तव्य थाहा नपाएर । यस्तै ब्रजपात आइलाग्यो महेशलाई । त्यो सुदूर छोडेर विरानो दाङ छिरेका महेश पुष ६ गते शुक्रबार घोराहीमा भरखरै मात्र सञ्चालन आएको सहीद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालय दाङमा फरेस्टी (बोटनी) प्रगोगात्मक अध्ययनका लागि शुक्रबार सल्यान गएका थिए ।

 

साँझ प्रयोगात्मक अभ्यास सकेर सल्यानबाट फर्कँदै गर्दा राप्ती राजमार्गको तुलसीपुर कपुरकोटा सडकखण्डमा पर्ने तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा उनीसहितका विद्यार्थी र शिक्षक चढेको बस छाँगाबाट खस्यो ।

 

सडकबाट करिब  ७०० मिटर बजारिएको बस टुक्राटुक्रा हुन पुग्यो । कति जना ठाउँ–ठाउँमा खसे कति बससँगै लटपटिए । महेशकाे बससँगै पल्टिएर घटनास्थलमै मृत्यु भयाे ।

 

महेश एक्ला विद्यार्थी थिए बझाङबाट डिप्लोमा इन फरेस्टी पढ्न दाङ छिर्ने उनका समुहका ।  उनी पढाई निकै तेज भएकाले उनलाई ऋण काडेर दाङ पठाएको उनका दाईले बताए । 


काे हुन् महेश ?

 

महेश बुबा हरिझक्त जोशी र आमा महामतीदेवी जोशीका एक्ला छोरा हुन् । घरमा उनका आमा, एक दिदी र एक बहिनी छन् ।

 

 महेशका बुबा लामो समयदेखि भारतमा रोजगारीका तड्पिदै आएका व्यक्ति हुन् । वृद्धा अवस्थाले पाइला टेक्नै लागेका हरिभक्ता कहिले भारतको केराला पुग्छन् कहिले मुम्बई, ब्यङ्लोर । 

 

छोराछोरीको भविष्य उज्यालो बनाउन भारत छिरेका हरिझक्त भारतबाट नेपाल आएकाे जम्मा ४ महिना बित्यो । घरपरिवार हाँक्ने छाेराकाे मृत्युकाे खबरले घरपरिवार शाेकमग्न छ । 


दाहसंस्कार लागि बझाङ लगिदै 

घटनास्थलमै ज्यान गुमाएका महेशको शव बझाङ लगिदै छ । बझाङस्थित सेती नदीमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने उनका दाई (जेठा बुबाका छोरा) कृष्णप्रसाद जोशीले बताए । 

 

प्रतिक्रिया दिनुहोस्