एकाबिहानै ४ दशमलव ७ रेक्टरको भूकम्प



काठमाडौं : आइतबार बिहान ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महशुस गरिएको थियो । केन्द्रका अनुसार यो २०७२ साल बैशाख १२ गतेकै भूकम्पको परकम्प हो । ठूला भूकम्प गइसकेपछि लामो समयसम्म यस्ता परकम्प आइरहने केन्द्रले जनाएको छ । 

पछिल्लो पटक दुई महिनाअघि कात्तिक ८ गते सिन्धुपाल्चोक र दोलखाको सिमानामा ४ रेक्टर स्केलको परकम्प गएको थियो । 

प्रतिक्रिया दिनुहोस्