सिरहाको गोलबजारमा प्रेसरकुकर बम



सिरहा : गोलबजार नगरपालिका–४ स्थित नेपाल टेलिकमको टावर नजिक आइतबार बिहान  प्रेसरकुकर बम भेटिएको छ । गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिण बलकवा जाने बाटोमा पर्ने बस्तीदेखि ५० मिटर पश्चिम र टेलिकमको रिपिटर टावरदेखि करिब डेढ सय मिटर दक्षिणतर्फ शक्तिशाली प्रेसरकुकर बम भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । 

प्रहरीका अनुसार बाहिर प्रेसरकुकर देखिए पनि घाँसभित्र राखिएकाले यकिन हुन सकेको छैन् । अहिले सिरहाको चोहर्वास्थित नेपाली सेनाको श्री नयाँ गोरख गणबाट आएको बम डिस्पोजल टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घटनास्थलको २०० मिटर दूरीमा घेरा हालेर राखेको छ । 

त्यस क्षेत्रमा आवतजावत बन्द गरिएको छ। 

बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’को पर्चा भेटिएको छ । मिति, छाप र आधिकारिक हस्ताक्षर समेत नरहेको पर्चामा औपनिवेशिक शासनविरुद्धको तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशक पूरा गरेको त्यसका लागि हुने संघर्षलाई निरन्तरता दिन सहयोगको अपेक्षा गरिएको उलेख छ । 

यस्तो छ पर्चा :

प्रतिक्रिया दिनुहोस्