आज १६ कात्तिक २०७६ शनिबारको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुनेछैन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । फितलोपनि यात्रा हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महिला वर्ग बाट सहयोग मिल्नेछ । आकस्मिक धनलाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । इनाम र प्रतिष्ठा कमाउने बेलाछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । साथीभाइसङ्ग भेटघाट हुने योग छ । प्रेमीको सहयोगपनि प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सौन्दर्यतामा धन खर्च हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा सफलता प्राप्त हुनेछ । जग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घर परिवारमा झै–झमेलाको अवस्था आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । कार्यमा अवरोध आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेम सम्वन्ध कसिलो हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । घरमा अतिथीको आगमन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । कलकारखाना र बन्दव्यापारमापनि फाइदा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्