निर्मला पन्तकाे हत्या भएकाे १ सय ५० दिन पुग्याे, बानेश्वरमा प्रदर्शन गरिदै



महेन्द्रनगर : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १ सय ५० दिन पुगिसक्दा पनि हत्यारा पत्ता लागेको छैन । 

घटनालाई लिएर प्रहरीले दर्जनौं व्यक्तिसँग बयान लिइसकेको छ । प्रहरी अधिकारीसिहत एक दर्जनभन्दा बढीको डिएनए जाँचसमेत गराइसकिएको छ । तर हालसम्म पनि हत्यारा को हो भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन।

यसैबीच निर्मलाको हत्या भएको लामो समय बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै विरोध स्वरुप आज काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरिने भएको छ । 

 

सडकमा दण्डहिनताको १ सय ५० दिनु लेखेर विरोध जनाइने परिवर्तनका लागि युवा अभियान नेपालले जनाएको छ । प्रदर्शन आज दिउँसो ३ः ३० बजेका लागि तोकिएको छ ।

 

निर्मलाको गत साउन १० गते हत्या भएको थियो। हत्या भएको भोलिपल्ट मात्रै उनको शव नजिककैको उखुबारीमा भेटिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्