सलमान खानका १० प्रेमिका



सलमान र सोमी अली

बलिउड अभिनेता सलमान खान ५० वर्षका भए। ‍उमेर बढ्दै गए पनि उनी उद्योगका जल्दाबल्दा अभिनेतामा गनिन्छन्। सलमानससँग विवाह गर्न उनीभन्दा आधा उमेरका युवती पनि तयार छन्।

अविवाहित भए पनि सलमानसँग प्रत्येक समय कुनै न कुनै युवतीको नाम जोडिएकै हुन्छ। तर उनले कुनै पनि युवतीसँगको सम्बन्ध स्वीकारेका भने छैनन्। संगीता बिजलानीबाट सुरु भएको सम्बन्ध युलियासम्म जारी छ। सम्बन्ध जोडिने छुट्टिने क्रम जारी नै छ।

Related image

संगीता बिजलानीलाई सलमान खानकी पहिलो प्रेमिका भनिन्छ। यो सम्बन्ध त्यो समयको हो जतिबेला सलमानभन्दा संगीता लोकप्रिय थिइन्। संगीता मोडल थिइन् भने सलमान आफ्नो करियर बनाउने कोसिस गरिरहेका थिए।

कराँचीमा जन्मेर फ्लोरिडामा बढेकी सोमी अली सलमानकी फ्यान थिइन्। १६ वर्षको उमेरमा उनी सलमानलाई भेट्न मुम्बई आइन्। केही मोडलिङ गरेपछि उनी फिल्ममा प्रवेश गरिन्। त्यसपछि सलमानसम्म पहुँच बनाइन्। विस्तारै दुवै एकअर्कासँग नजिक भए र प्रेममा परे।

Related image

सञ्जय लीला भन्सालीले सलमान र ऐश्वर्या लिएर ‘हम दिल दे चुके सनम’ बनाउने घोषणा गरे। यसको छायांकनको क्रममा सलमान र ऐश्वर्या एकअर्कासँग नजिक भए। ऐश्वर्यालाई भेट्ने बित्तिकै सलमानको व्यवहार फेरियो। उनी ऐश्वर्यामाथि अधिकार जमाउन थागे। रोकटोक गर्न लागे। ऐश्वर्या जुन हिरोसँग काम गर्थिन् सलमान शंकालु नजरले हेर्थे। सलमानको खराब व्यवहारका कारण ऐश्वर्याले सलमानसँग सम्बन्ध तोडिन्।

Related image

‘बुम’ फिल्मबाट निराशाजनक सुरुआत गरेपछि कैटरिना केफ सलमानको सम्पर्कमा आइन्। सलमानसँग उनले ‘मैंने प्यार क्युं किया’ फिल्म गरिन्। त्यसपछि सफलताको सिँढी चढ्दै गइन्। उनी सलमानसँग निकै नजिक रहिन्। सलमान र कैटरिनाको विवाहको मिति पनि धेरैपटक तोकियो तर हुन सकेन।

Image result for salman and lulia vantur

रोमानियाकी युलिया वन्तुर सलमानसँग नजिकिइन् तर उनीसँग विवाह गर्न सलमान तयार भएका छैनन्। यसका साथै क्लाडिया सिएस्ला, ब्रुना अब्दुल्ला, जरिन खान, डेजी शाह र एमी ज्याक्सनको नाम पनि सलमानसँग जोडिएको छ। अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्