‘पोई पर्‍यो काले’लाई दर्शकको साथ



काठमाडौं : गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पोई पर्‍यो काले’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाई रहेको । दोश्रो हप्तामा प्रवेश गरेको चलचित्रले दर्शकको राम्रै साथ पाई रहेको छ ।

मल्टीप्लेक्स र सिंगल दुवै स्क्रिनमा चलचित्रले दर्शकको साथ पाई रहेको र हेर्ने जति दर्शकले चलचित्रबाट मनोरन्जन पाई रहेको प्रतिक्रिया दिएको निर्देशक शिशिर राणाले सेलिब्रेटी नेपाललाई जानकारी गराए। दोश्रो सातामा प्रवेश गरेको चलचित्रले लगानी सुरक्षित गर्ने अवस्थामा पुगेको निर्माता किरण नेपालीले बताए ।

Image may contain: 27 people, people smiling

सेन्सर बोर्डबाट युनिभर्सल प्रमाणपत्र पाएको चलचित्रले मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश बोकेको छ । मानिसको रुप भन्दा पनि मन सफा र गोरो हुनुपर्ने बिषयलाई उठाउन खोजेको चलचित्रमा निर्देशक शिशिर राणाकै कथा रहेको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा पूजा शर्मा,आकाश श्रेष्ठ, सौगात मल्ल,श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । तिहारको समयमा चलचित्र हेरेर दर्शकले मनोरञ्जन लिई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्