केन्द्रसँग दाँजेर प्रदेशले काम गरेन भन्नु मूर्खताः मुख्यमन्त्री पौडेल



हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रीय सरकारसँग प्रदेश सरकारको तुलना गरेर प्रदेश सरकारले केही गरेन भन्नु मूर्खता भएको बताएका छन् । प्रदेश सरकार गठन भएको जम्मा सात महिना भएको भन्दै यो अवधीमा धेरै कुराको आश गर्नु मुर्खता भएको बताए ।

 

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १५ औं साधारण सभाको उद्घाटन गर्दै उहाँले दुईसय ५० बर्षको बिरासत बोकेको केन्द्र सरकार र ७४ बर्षको अनुभव रहेको स्थानीय तहसंग प्रदेश सरकारको ७ महिनाको तुलना नगर्न सबैलाई आग्रह गरे ।

 

बषौं पुरानो केन्द्र सरकारसँग तुलना गरेर प्रदेश सरकारले यो वा त्यो गरेन भन्नु गलत भएको टिप्पणी गरे । सरकार जम्मा ७ महिनाको शिशु अवस्थामा रहेका कारण अहिले नै सरकारको मुल्यांकन गर्ने बेला नभएको बताए ।

 

प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले समृद्ध राष्ट्र निर्माणमा पत्रकारको भूमिका उल्लेखनीय रहेको बताए । उनले निष्पक्ष भएर कलम चलाउन सबै पत्रकारलाई आग्रह समेत गरे । साधारण सभाको अबसरमा नगद ५ हजार राशीको न्हुच्छेमान स्मृति पत्रकारीता पुरस्कार रोशन पराजुलीलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्