नारायणी अस्पतालमा ‘अयोग्य’ का हातमा रेडियोग्राफी



वीरगन्ज : नारायणी उपक्षेत्रीय अस्पतालमा अयोग्य व्यक्तिलाई रेडियोग्राफी सञ्चालन गर्न लगाएको भन्दै स्थानीय केही व्यक्तिले आपत्ति जनाएका छन् । मोहमद रेहताज आलम, रामनरेश महतो, अफसर अली, यासिर आराफत र अमित कर्णले विज्ञप्ति जारी गरी नारायणी उपक्षेत्रीय अस्पतालले रेडियोलोजी सञ्चालनका लागि असम्बन्धित व्यक्तिलाई तालिम दिएर नियुक्त गरेको आरोप लगाएका छन् । 

विज्ञप्तिअनुसार रेडियोग्राफी सञ्चालन गर्ने व्यक्ति कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण भइ नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट रेडियोग्राफी विषयको अनुमति प्राप्त गरेको हुनुपर्छ । तर नारायणी उपक्षेत्रीय अस्पतालमा एसइई र आधारभूत शिक्षासमेत पूरा नगरेका तथा सिएमएजस्ता फरक दक्षता भएकाले रेडियोग्राफी सञ्चालन गरेको पाइएको विज्ञप्तिमा जनाइएको छ । 

यस्ता व्यक्तिलाई पहिचान गरेर कारबाही गरी चिकित्सा क्षेत्रलाई मजबुत र दोषरहित बनाउन विज्ञप्तिमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्