उपाधीका लागि मनाङलाई एक जित आवश्यक



काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले विभागीय टोली पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दशौँ जित दर्ता गराएको हो । 

मनाङको जितमा विदेशी खेलाडी आडेलाजा सोमिडेले गोल गरे । उनले खेलको ५३औँ मिनेटमा हेमन गुरुङको पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरे । 

खेलमा मनाङका कप्तान विराज महर्जन ‘म्यान अफ दि म्याच’ घोषित भए । 

जितसँगै मनाङले १० खेलबाट अपराजित रहँदै ३० अङ्क जोडेको छ भने उपाधीका लागि मनाङलाई मात्र एक जित आवश्यक छ । पराजित पुलिस १५ अङ्कसहित लिगको पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्