आजको राशिफल : कार्तिक १८ गते, सोमबार



आज – १८ कार्तिक २०७६ सोमवार को राशिफल

काठमाडौंमा सूर्योदय ०६ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १६ मिनेट । दिनमान २७ घडी २८ पला । अष्टमी व्रत। मुख अष्टमी, गोप अष्टमी। गोरखकाली पूजा।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सरकारी निकाएको भय रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । गरेको कार्यमा बाधा आउनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । प्रेममा सफलता पाईनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । व्यापार व्यवसायमा लाभ होला । शुभ समाचार सुन्न पाइएला । स्वादिष्ट भोजनपनि पाईनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमाइलो यात्राको योग रहेको छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मान सम्मानपनि पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । बैदेशिक क्षेत्र कमजोर रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तिर्थाटनको योगछ । शुभकार्यको चर्चा चल्नेछ । चिट्ठा, वा लटरी बाट आय हुने प्रवल सम्भावना पनि छ । नयाँ कार्यको योजना बन्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफल भइनेछ । आत्माबल वढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कामको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । गरेको कार्यमा सफलता पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्य सम्पादनमा समस्या आउला । मन खिन्न हुने स्थिति आउनेछ । आत्मघाती काम गर्न पुगिएला । अनावश्यक यात्रापनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्