को–को नियुक्त हुँदै छन् प्रदेश प्रमुखमा ?



काठमाडौं : सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएपछि रिक्त रहेको प्रदेश प्रमुख पदका लागि नयाँ प्रदेश प्रमुख आज (सोमबार) नियुक्त गर्ने तयारी सरकारले गरेको छ ।

यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका छन् । मन्त्रिपरिषदको बैठक अगाडी यस विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठकमा छलफल भएपछि मन्त्रिपरिषदको बैठक बसेर राष्ट्रपति समक्ष सिफारिस गर्ने नामावलीको टुंगो लगाउने छ ।

हिजो (आइतबार) मन्त्रिपरिषदको बैठक बसेर सिफारिस गर्ने तयारी गरेपनि सचिवालयको बैठकमा मानावलीका विषयमा विवाद हुँदा नियुक्ति प्रक्रिया अगाडी बढ्न सकेको छैन ।

रिक्त प्रदेश प्रमुख पदमा हिजोको सचिवालय बैठकमा प्रारम्भिक छलफल भएको बताइन्छ । छलफलमा महेन्द्रबहादुर पाण्डे, सोमनाथ प्यासी, प्रदीप नेपाल, अमृत बोहरा, केशव बडाल, धर्मनाथ यादव, अमिक शेरचन, शर्मिला त्रिपाठी, गणेशमान गुरुङ, गुरु बराल, तिलक परियार, गोविन्द कलौनी, अशोक श्रेष्ठ लगायतका नाम आएको स्रोतले बताएको छ । तर, नेपाल र शेरचनले भने प्रदेश प्रमुख पद नखाने जानकारी नेतृत्वलाई गराइएको बताइन्छ ।

यि मध्येबाटै प्रदेश प्रमुख नियुक्त गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्