न्यूजील्याण्डद्वारा इङ्ल्याण्ड १४ रनले पराजित


एजेन्सी : न्यूजील्याण्डको नेल्सनमा मङ्गलबार सम्पन्न तेस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्याण्डले भ्रमणकारी इङ्ल्याण्डलाई १४ रनले पराजित गरेको छ । पाँच खेलको यस शृंखलामा यो जितसँगै न्यूजील्याण्ड २–१ ले अघि भएको छ । न्यूजील्याण्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १८० रन बनाएको थियो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको न्यूजील्याण्डले कोलिन डी ग्रान्डहोमको व्यक्तिगत ५५, मार्टिन गप्टिलको ३३, रस टेलरको २७ रनको मद्दतले उच्च स्कोर खडा गर्न सफल भएको थियो । जितका लागि १८१ रनको लक्ष पछ्याएको इङ्ल्याण्डले राम्रो सुरुआत गरे पनि अन्तिम पाँच विकेट १० रनमै गुमाएको थियो ।

पन्ध्रौं ओभरमा १३९ रन बनाउँदा दुई विकेट मात्र गुमाएको र राम्रो लयमा रहेको इङ्ल्याण्डको टोली त्यसपछि नाटकीय रुपमा पतन भएको थियो । इङ्ल्याण्डका लागि डाविड मलान (५५) र जेम्स भिन्स (४९) ले राम्रो आधार तयार गरेका थिए ।

इङ्ल्याण्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १६६ रन मात्र बनाएको थियो । हारपछि प्रतिक्रिया दिँदै इङ्ल्याण्ड टोलीका कप्तान इयोन मर्गनले आफ्नो टोलीका नयाँ सदस्यहरुमा अनुभवको कमी देखिएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालका चिकित्सकहरुलाई सेवामा आलोपालो गर्न आग्रह गरेको छ।

काठमाडौं– रुकुम पश्चिममा भएको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता गृहमन्त्री रामबहादुर थापाले व्यक्त

सिरहा : सिरहामा थप पाँच जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । योसहित सिरहामा अहिलेसम्म

रौतहट : मंगलबार रौतहटमा तीनजना बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं– सरकारको गलत सोच र निर्णयमाथि खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस एमसीसी सम्झौताको पक्षमा