आजको राशिफल : कार्तिक २० गते, बुधबार



आज – २० कार्तिक २०७६ बुधवार को राशिफल

काठमाडौँमा सूर्योदय ०६ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १४ मिनेट । दिनमान २७ घडी २१ पला । पञ्चक। कुष्माण्ड नवमी। सत्य युगादि। सक्वचँगुवने। हेटौंडास्थित कुष्माण्ड सरोवरमा धार्मिक मेला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्तको सहयोग प्राप्त हुनेछ । कार्यमा सफलता पाइएला । मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाटपनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । गरेको कार्यमा सफलता मिल्नेछ । लाभदायक यात्रा रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यात्रामा सावधानी अपनाउनु पर्नेछ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । आर्थिक सङ्कटमा परिएला । कार्मक्षेत्रपनि घर्षशील रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जोश जाँगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न सकिनेछ । उपहार पाइने सम्भावनाछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आकस्मिक धन लाभ हुनेछ । ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । मिष्ठान्न भोजन प्राप्त होला । जोश जाँगर र हिम्मत बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दैनिक कार्यमा चुनौतीको सामना गर्नुपर्छ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ । काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्रेममा मधुरता छाउला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । बिश्वास गरेकाले साथ दिनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । इच्छा र आकाङ्क्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेममा विवाद आउला । सामान हराउने वा नष्ट हुन सक्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्