बलिउडका अभिनेता गोविन्दा नेपालमा



काठमाडौं : बलिउडका अभिनेता गोविन्दा अहुजा श्रीमती सुनिता अहुजासहित मंगलबार नेपाल आइपुगेका छन् । उनको साथमा नेपाली अभिनेत्री निरुता सिंह पनि नेपाल आएकी छन् ।

यही कात्तिक २१ गतेदेखि २३ गतेसम्म वीरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन श्रीमतीसहित उनी हिजो काठमाडौं आएका हुन् । गोविन्दाले नेपाली मुलका युवतीसँग विवाह गरेका हुन् ।

नेपाललाई आफ्नो ससुराली मान्ने गोविन्दा गत वर्ष ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्