बालबालिकालाई न्यानो कपडा वितरण


काडमाडाैं : नार्गजुन नगरपालिका–१० साविकको स्युचाटार–४ का शिवप्रसाद पन्तलगायतको टोलीले आफ्नो रोजगारबाट प्राप्त आम्दानीको खर्चबाट बचत गरेर मुगु जिल्लाको एक दलित बस्तीमा विभिन्न सामग्री सहयोग गरेका छन् । वैदेशिक रोजगारमा काम गर्दै आएका पन्तलगायतको सात जनाको टोलीले शनिबार छायाँनाथ रारा नगरपालिका–१३ लापु गाउँका ३४ विद्यार्थीलाई न्यानो कपडा, विद्यालयलाई हिल ट्याङ्की, फिल्टरलगायत २८ घरधुरीलाई कम्मल वितरण गरी सहयोग प्रदान गरेका हुुन् ।

कामको सिलसिलामा मकाउ बस्दै आएका पन्तले लापु गाउँ दलित बस्तीको पीडादायक अवस्थाबारे विभिन्न सञ्चारमाध्यमबाट आफूले जानकारी पाएपछि आफूलगायत वैदेशिक रोजगारमा रहेका केही साथीहरुले यो बस्तीमा सहयोग गर्ने योजना बनाएको र सोहीअनुसार रु दुई लाख ५० हजार बराबरका सामग्री सहयोग गरेको जानकारी दिए ।

लण्डन बस्दै आउनुभएका भरत पाण्डे, मकाउ बस्दै आउनुभएका विष्णुप्रसाद श्रेष्ठ, जङ्गबहादुर गुरुङ, रङबहादुर गुरुङ र दीपक रानाभाट, अमेरिका बस्दै आएकी प्रियंका लामिछानेको सहयोगमा लापु गाउँका दलित बस्तीका २८ घरधुरीका स्थानीयलाई कम्बल, नमूना आधारभूत विद्यालय लापुका ३४ विद्यार्थीलाई न्यानो कपडा, जुत्ता मोझा, झोला टोपी, शैक्षिक सामग्रीलगायत नमूना आधारभूत विद्यालयलाई पानीखाने राख्ने ५०० लिटरको हिल ट्याङ्की र फिल्टर सहयोग प्रदान गरिएको हो ।

विगतका धेरै वर्षदेखि देशका विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको भए पनि यो पटकको सहयोग अन्य ठाउँको भन्दा महत्वपूर्ण सहयोग भएको उनको भनाइ छ । आर्थिक अवस्था कमजोरका कारण जाडोबाट बच्ने लुगा किन्न नसक्ने लापुवासी न्यानो कपडा पाउँदा अत्यन्तै हर्षित भएका छन् ।

जाडोको सिजन शुरु भएको छ । लुगा किन्ने पैसा थिएन मनकारी भावना बोकेका पन्तलगायतको टोलीले सहयोग गरेकोमा धन्यवाद दिँदै स्थानीयले भगवान् आएको अनुभूति गरेका स्थानीय गोरा विकले बताए । पन्तले यसअघि लामो समयदेखि धादिङको चेपाङ बस्तीका बालबालिकाको शिक्षा तथा शैक्षिक सामग्री र विद्यालयलाई सहयोग गर्दै आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौ : लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको

एजेन्सी : एक विवाहित शिक्षिकाले आफ्नै १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेपछि अहिले अदालतले एक

काठमाडौं : वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा

काठमाडौं : भारतीय पूर्वविदेश सचिव तथा पूर्व भारतीय राजदूत श्यामशरण काठमाडौंमा आएका छन् । अहिले

वीरगञ्ज : शसस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख डिआईजी राजु अर्याल यतिखेर आफ्नै सहकर्मीले

गुल्मी : विभिन्न कार्यक्रममा आफ्नो गृहजिल्ला गुल्मी आईपुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्माणाधीन रेसुङ्गा विमानस्थलको

दाङ : यही मंसिर १४ गते दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख) का

वीरगन्ज : विश्व प्रसिद्ध बाराको गढीमाई मेला आज (आइतवार) देखि शुरु भएको छ । प्रत्येक

चितवन : नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत नेपाली सेनाका जवानको प्रूहरी नियन्त्रणमा रहेका बेला

मकवानपुर : मकवानपुरको भीमफेदी कारागार प्रशासनका अनुसारएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका ३० वर्षका

काठमाडौं : गत शुक्रबार गोप्य रुपमा काठमाडौं आएका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज (आइतबार) पशुपतिनाथको

दाङ : दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेश सभा (ख) का सांसद उत्तरकुमार वलीको