प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण


गण्डकी : नवनियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गरेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मङ्गलबार शपथग्रहण लिएका शेरचनले शहीदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण समारोहमा प्रदेश प्रमुख शेरचनले राष्ट्रियता, सार्वभौमिकता तथा राष्ट्रिय अखण्डता जोगाउनका लागि सबै नेपाली एक हुनुपर्ने बताए ।

सङ्घीयताको सफल कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता भएको औल्याउँदै उनले परिवर्तित व्यवस्थालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए । सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सङ्घीयता नेपालको मौलिकता भएको उल्लेख गर्दै उनले भने, “हाम्रो जस्तो सङ्घीयता अन्य मुलुकमा छैन, यसमा चुनौती आउन सक्दछ त्यसका लागि हामी सबै एकताबद्ध हुन जरुरी छ ।”

प्रदेशमा आगामी दिनमा सम्बद्ध सबैपक्ष र निकायसँग छलफल गर्दै साझा उद्देश्यका साथ अगाडि बढिने बताउँदै प्रदेश प्रमुख शेरचनले देश वर्तमान अवस्थासम्म आइपुग्न नेपाली जनताको महत्वपूर्ण योगदान रहेको बताए । समृद्ध नेपालको चाहनालाई पूरा गर्न संविधान कार्यान्वयन जरुरी रहेको बताउँदै उनले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले जनअपेक्षा पूरा गर्नतर्फ ध्यान दिनुपर्ने बताए ।

पदभार ग्रहण समारोहमा प्रदेश प्रमुख शेरचनलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । यसअघि पोखरा विमानस्थलमा उहाँलाई गण्डकी प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, सामाजिक विकासमन्त्री नरदेवी पुन, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, प्रदेशसभा सदस्य, राष्ट्रसेवक कर्मचारीलगायतले स्वागत गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : बालीनाली नष्ट गर्ने सलहबाट जोगाउन चीनले छिमेकी राष्ट्र पाकिस्तानमा एक लाख हाँस पठाउन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा काटिएको केकको विषयलाई मुद्दा बनाएर कांग्रेसले राजनीति

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

काठमाडौं : काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा

एजेन्सी : आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य

काठमाडौं : आजका युवा बिलासितातर्फ आकर्षित भएका छन् । उनीहरु छिट्टै सम्भ्रान्त हुने सपना देख्ने

काठमाडौं : पाचौं संस्करणको राईनो गोल्डकप फुटबलको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ