नेपाली हिरोइनको ट्याटु मोह



काठमाडौं : शरीरका विभिन्न अंगमा ट्याटु खोप्ने चलन धेरै पुरानो भएपनि पछिल्लो समय फेसनको रुपमा विकसित हुँदै आएको छ । विशेष गरी टिनेजर समूहका किशोरकिशोरीहरुबीच आकर्षण र लोकप्रिय बनेको छ, ट्याटु । त्यसोत ट्याटुलाई पछिल्ला पुस्ताका किशोर किशोरीहरुले फेसनेवल रुपमा पनि लिँदै आएका छन् ।

उनीहरुबीच ट्याटु खोप्ने होडबाजी पनि बेलाबखतमा चल्ने गर्दछ । ट्याटु खोप्दा पीडा भएपनि फेसनले गर्दा त्यो दुःखलाई उनीहरुले भुल्ने गर्दछन् ।

युवापुस्ताको आकर्षण बनेको ट्याटु संस्कृतिले नेपाली सिनेमाका नायिकाहरुलाई पनि राम्ररी गाजेको पाइन्छ । त्यसैले गर्दा नेपाली रजतपटमा अहिले ट्याटुकला लोकप्रिय बन्दै गएको छ ।

नायिकाहरु आफ्ना शरिरमा टाटु बनाएर देखाउने र चर्चामा आउने होडवाजीमा लागेका छन् ।
ट्याटु खोप्ने नेपाली नायिकाहरु :–

करिश्मा मानन्धर

नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री तथा चलचित्र निर्माता हुन्, करिश्मा मानन्धर । उनी नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिकाका रूपमा समेत चिनिन्छिन् । अभिनेत्री मानन्धरले ट्याटु निकै मन पराउँछिन् । उनले छातीमा गुलाबको ट्याटु खोपेकी छन् । जुन ट्याटु आकर्षक ढंगबाट खोपिनुका साथै कलरिङ पनि गरिएको छ । विभिन्न पार्टी र कार्यक्रम तिर पुग्दा उनी हल्का ट्याटु देखिने पहिरन लगाएर पुग्ने गरेकी छन् । उनको ट्याटुबारे सर्वत्र चर्चा हुने गरे पनि उनी केही प्रतिक्रिया दिने गर्दिनन् ।

प्रियंका कार्की


पछिल्लो समयमा दर्शकहरुको रोजाइमा पर्ने अभिनेत्री हुन्, प्रियंका कार्की । अभिनेत्री कार्की पनि ट्याटुबाट आकर्षित नै रहेकी छन् । उनी सानैदेखि ट्याटु मन पराउने भएकाले शरिरमा चार वटा ट्याटु खोपेकि छन् । ती सबै ट्याटुको फरक–फरक अर्थ भएको उनी बताउछिन् । उनको दााहिने हातको पाखुरा, कोखा र छातीको बीचमा, दाहिने खुट्टामा र गर्धनमा ट्याटु खोपेकी छन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह


सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको एक चर्चित नायिका हुन् । उनले ‘ड्रिम्स’ चलचित्रबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले दाहिने हातमा ‘मामु’ नामको ट्याटु बनाएकी छन् ।

पूजा शर्मा


प्रेमगीत चलचित्रबाट चर्चामा आएकी अभिनेत्री पूजा शर्माको पनि हातमा ट्याटु छ । उनले आफ्नो दाहिने हातमा भएको ट्याटुबारे बोल्दै आफूले एसएलसी दिएर बसेको समयमा यत्तिकै रहरले उक्त ट्याटु खोपाएको बताएकी छन् ।

श्वेता खड्का


अभिनेत्री श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरूले बिहे गरे । तर, विवाहको एक महिनामा नै श्रीकृष्णको निधन भयो । अभिनेत्री श्वेता खड्काको हातमा पनि एक ट्याटु छ जसमा दुई विशेष मिति लेखिएको छ । उनको यो ट्याटुसँग उनको जीवनको भावनात्मक गहिराई गाँसिएको छ । उनको ट्याटुमा पहिलो मिति असार २३ गतेको छ । उक्त मितिमा श्री कृष्ण र श्वेताको विवाह भएको थियो । त्यस्तै दोस्रो मितिमा पुष १२ लेखिएको छ । यो मितिमा श्री र उनको पहिलो भेट भएको थियो ।

नम्रता सापकोटा


छक्का पन्जा, ब्रासलेटलगायतका सिनेमामा काम गरेकी अभिनेत्री नम्रता सापकोटाले पनि एउटा प्वाख शरीरमा खोपाउन भ्याएकी छन् । उनको शरीरको पछाडी पट्टी रहेको उक्त ट्याटु केही समय अघि उनी गोवा गएर खिचाएका केही तस्वीहरुमा देखिएपछि निकै चर्चा बटुलेको थियो ।

अशिष्मा नकर्मी


ट्याटु खोप्ने र मनपराउनेहरुमा अभिनेत्री अशिष्मा नकर्मी पनि एक हुन्ल । उनले आफ्नो ढाडको गर्धनभन्दा तलतिर मण्डलाको ट्याटु खोपेकी छन्ल । नायिका आशिष्मा नकर्मीको ट्याटुले पनि चर्चा पाएको छ । आशिष्माले अन्तराल, अर्धकट्टी लगायतका चलचित्र र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

सुष्मा कार्की


नायिका सुष्मा कार्की अहिले कहाँ छिन् र के गर्दैछिन् भन्ने विषयमा नेपाली चलचित्र क्षेत्रलाई कमै मात्र खबर छ । कारण, चलचित्र क्षेत्रमा छिटो उदाएर छिटै क्रेज घटाएकी नायिका हुन्, कार्की । अभिनेत्री कार्कीको ट्याटु मोह पनि निकै नै रहेको छ । उनले पनि आफ्नो छातीमा ट्याटु बनाएकी छन् । उनले सूर्यको ट्याटुलाई निकै आकर्षक ढंगबाट खोपेकी छन् ।

शुभेच्छा थापा


नेपाली चलचित्र नगरीमा हट नायिकाको रुपमा चिरपरिचित नायिका हुन्, शुभेच्छा थापा । थापाले अभिनयका साथै केही नेपाली चलचित्र समेत निर्माण गरेकी छन् । हट फोटो सुट गर्न नहिच्किचाउने उनको छातिमा नेपालको झण्डाको ट्याटु देखिन्छ । केही समय अघि उनले गरेको फोटो शुटका क्रममा उनको छातिमा नेपालको झण्डा देखिएको थियो । उनले दुई वटा झण्डा भएको ट्याटु खोपेकी छन् ।

पुजना प्रधान


अभिनेत्री पुजना प्रधानले पनि पहिलो ट्याटु आफ्नो हातमा पुजना भन्ने शब्द राखि ट्याटु खोपेकी थिइन् त्यस्तैपछि आफ्नो ढाडको दाहिने पातामा शिव र पार्वतीको आकर्षक ट्याटु खोपेकी छन् । यो उनको दास्रो ट्याटु हो ।

प्रतिक्रिया दिनुहोस्