सहयोगी विकास बैंकका सञ्चालक समितिका सदस्य यावद जेल चलान



जनकपुर : जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोग लगेको सहयोगी विकास बैंकका सञ्चालक समितिका सदस्य दिपेन्द्रकुमार यादव पुर्पक्षका लागि धनुषा जिल्ला अदालतले जेज चलान गरेको छ ।

जनकपुरधाम वडा नम्बर ७ बस्ने लालबाबु रौनियारको जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा जनकपुरस्थित सहयोगी विकास बैंकका सञ्चालक समितिका सदस्य दिपेन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ परेको थियो ।

यादवले लालबाबु रौनियारको जग्गा धितोमा राखेर यादवले ५० लाख रुपैयाँ ऋण दिएका थिए ।

ऋण लिएको ८ वर्षपछि चुक्ता स्वरुप ७३ लाख रुपैयाँ बुझाएका थिए । पीडित रौनियारले जग्गा बिक्री गरेको जानकारी पाएपछि उनले यादवविरुद्ध धनुषा जिल्ला अदालतमा ठगी तथा जालसाजीको मुद्दा जाहेरी दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्